दक्षिण ललितपुरको प्युटरमा बन्यो २० बेडको आइसोलेशन

ललितपुर, २ जेठ – दक्षिण ललितपुरको वागमती गाँउपालिकाको प्युटारमा नवनिर्मित थाङ्सिङटार अस्पतालमा २० शैयाको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।

शनिबारबाट २० बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर पालिकाले सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले बताउनुभयो । उहाँका अनुसार आइसोलेशन सेन्टरमा एक जना डाक्टर, दुई जना नर्स र एक जना हेल्थ असिष्टेण्ड खटिएका छन् ।
गाँउपालिकामा कोरोना संक्रमित बोक्नको लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको पालिका जनाएको छ ।

पछिल्लो समय यस गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेका कारण गाँउपालिकाले छिट्टै परिक्षण सुरु गर्ने गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनले बताउनुभयो । वागमती प्रदेश सरकारको लगानीमा हालै निर्माण गरिएको योअस्पताल सञ्चालनमा आइसकेको छैन तर कोरोना माहामारी आएसँगै आपतकालीन अवस्थामा यसलाई आइसोलेशन सेन्टर सञ्चालन गरिएको अध्यक्षले बताउनुभयो ।

Facebook Comments Box