एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ, २७ वैशाख – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य गरेको छ ।

आज बसेको बोर्डको बैठकले दुवै परीक्षा स्थगित गर्ने निणर्य गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले बताउनुभयो ।
’अर्को सूचना नभएसम्मका लागि दुबै परीक्षा स्थगित गर्ने निणर्य भएको कुरा पौडेलले भन्नुभयो। एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन हुने भनिएको थियो।

Facebook Comments Box