काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जना सहित देशभर थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जना सहित देशभर थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २० हजार ७५६ जनाको आरटी पीसीआर तथा ६१६ जनाको एन्टीजेन सहित २१ हजार ३७२ जनाको परिक्षण गर्दा ८ हजार ६५९ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ५९ हजार ६१० रहेको छ भने सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ३८१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ४७५ रहेको छ।

Facebook Comments Box