काठमाडौँ उपत्यकामा ३ हजार ८९३ जना सहित देशभर थप ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८९३ जना सहित देशभर थप ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ७७९, भक्तपुरमा ६०१ र ललितपुरमा ५१३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १६ हजार १३१ आरटी पीसीआर तथा ५७१ एन्टीजेन परिक्षण सहित १६ हजार ७०२ जनाको परिक्षण गर्दा ७ हजार ६६० जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा २५३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ७७५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ४१७ रहेको छ

Facebook Comments Box