५५ जनाको मृत्यु सहित देशभर थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २१ वैशाख – पछिल्लो २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएता पनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेको छ ।
Facebook Comments Box

