फ्रान्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता, यो भन्दा कडा बन्द हुन सक्ने

काठमाडौँ, २० वैशाख – सरकारले प्रदेश र राजधानीमा एक हजार शय्याको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ ।
आज देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउनुभयो । दोस्रो लहर नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको भन्दै उहाँले हवाई उडान रोक्ने, निषेधाज्ञालाई कडाई गर्नेलगायतका निणर्यहरु सुनाउनुभयो ।

उहाँल प्रदेश र राजधानीमा एक हजार शश्याको अस्थायी अस्पताल बनाउन नेपाली सेनालाई जिम्मा दिइएको साथै ‘वीर अस्पतालको नयाँ भावन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिनेछ बताउनुभयो ।

प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पताल र साना अस्पताललाई ननकोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने उनले जानकारी दिनुभो । सबै सार्वजनिक स्थल, सभाहल, रंगशाला, होटल, पार्टी प्यालेस, कारखाना तथा गोदामघर लगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेन तथा होल्डिङ सेन्टर बनाइने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

ठूला अस्पताल तथा मेडिकल कलेजमा मेडिकल प्लान्ट स्थापना गर्ने, सञ्चालनमा नआएकाहरुलाई ममर्त गर्ने र लिक्विड अक्सिजनको निर्यात रोक्ने निणर्य भएको उनले बताउनुभयो । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचार प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमिख भत्ता दिनुका साथै विमा र परिवारको उपचार गर्ने उहाँले बताउनुभयो ।

Facebook Comments Box