काठमाडौँ उपत्यकामा ३ हजार ६६६ जना सहित देशभर थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २० वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ६६६ जना सहित देशभर थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १६ हजार ६५८ जनाको आरटी पीसीआर तथा ५१८ जनाको एन्टीजेन सहित १७ हजार १७६ जनाको परिक्षण गर्दा ७ हजार ४४८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ४३ हजार ४१८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा २१२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ३६२ रहेको छ ।

