काठमाडौँ उपत्यकामा २ हजार २ जना सहित देशभर थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ, १४ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार २ जना सहित देशभर थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १३ हजार ८८९ आरटी पीसीआर तथा ९५५ एन्टीजेन परिक्षण सहित १४ हजार ८३४ जनाको परिक्षण गर्दा ४ हजार ८९७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख १२ हजार ६९९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ५४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ७७३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार २११ पुगेको छ ।