काठमाण्डाै उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा

काठमाडौँ, १३ वैशाख – काठमाण्डाै उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा घाेषणा गरिएकाे छ । साेमवार बसेकाे काठमाण्डाै उपत्यकाका काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञाकाे आदेश जारी गरेकाे हाे ।

निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी दुवै गाडी नचल्ने प्रशासन कार्यालयले निकालेकाे विज्ञप्तिमा जनाइएकाे छ । अत्यावश्यक ढुवानीका सवारी साधन बाहेक अन्य सवारी साधनलाई काठमाण्डाै उपत्यका प्रवेशमा राेक लगाउने निर्णय पनि गरिएकाे छ ।

Facebook Comments Box