राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा अन्तरघात गर्नेलाइ एमालेले कारबाही गर्ने

काठमाडौं, १४ माघ – राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा अन्तरघात गरेका आफ्ना नेता (जनप्रतिनिधि) हरूलाई एमाले प्रदेश कमिटीले कारबाही गर्ने भएको छ।

बुधबार सम्पन्न चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिलाई छानबिन गरेर कडा कारबाही गर्ने एमालेको प्रदेश १ कमिटीले चेतावनी दिएको हो।

नेकपा एमाले प्रदेश १ का संयोजक तुलसी न्यौपानेले बिहीबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘पार्टी निर्णय र हितविरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषीउपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढ संकल्पित छ।’

Facebook Comments Box