पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु सहित देशभर थप ३ हजार ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १२ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४९८ जना सहित देशभर थप ३ हजार ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १३२, भक्तपुरमा ९६ र ललितपुरमा २७० जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ९ हजार २९२ आरटी पीसीआर तथा ७८२ एन्टीजेन परिक्षण सहित १० हजार ७४ जनाको परिक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ११९ रहेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ रहेको छ । यसैगरी, देशभरका क्वारेन्टाइनमा ६९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार १६४ रहेको छ ।

Facebook Comments Box