काठमाडौँ उपत्यकामा २०१ जना सहित देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३१ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०१ जना सहित देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६१ भक्तपुरमा १२ र ललितपुरमा २८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ५ हजार २०३ जनाको पीसीआर परीक्षण गर्दा ५१७ जनामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ रहेको छ । यसैगरी, देशभरका क्वारेन्टाइनमा ८५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १५३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जाना मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ५८ रहेको छ ।