काठमाडौँ उपत्यकामा ८६ जना सहित देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १९ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८६ जना सहित देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७३, भक्तपुरमा ५ र ललितपुरमा ८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार २१३ जनाको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ५७९ रहेको छ । यसैगरी, देशभरका क्वारेन्टाइनमा ६३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ३१ रहेको छ ।

Facebook Comments Box