काठमाडौँ उपत्यकामा ८९ जना सहित देशभर थप १६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १७ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८९ जना सहित देशभर थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा ४ र ललितपुरमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ३ हजार १४० जनाको पीसीआर परीक्षण गर्दा १६७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४१७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३९० रहेको छ । यसैगरी, देशभरका क्वारेन्टाइनमा ५३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय १५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा ३ जना मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ३० पुगेको छ ।