शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि

वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरकारको राशि वृद्धि गर्न हेटौँडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार रु १० लाखबाट बढाएर रु १५ लाख पु¥याउन र दोस्रो पुरस्कार रु पाँच लाखबाट रु १० लाख पु¥याउन उपमहानगरपालिकाले सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्यले यो योजना अघि बढाइएको हो ।

Facebook Comments Box