ढाकास्थित विमानस्थलमा लागेको आगो नियन्त्रणमा, हवाई सेवा पुनः सञ्चालन
ढाका (बंगलादेश) – बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आगलागी भएको छ। शनिबार दिउँसो २:१५ बजे सुरु भएको आगोमा मानवीय क्षति भने नभएको, हवाईजहाजहरू पनि सुरक्षित छन्।
दमकलको सक्रियतासँगै आगो शनिबार राति ९ बजे नियन्त्रणमा आएको थियो र हवाई सेवा पुनः सञ्चालनमा आएको अधिकारीहरूले जानकारी दिएका छन्। सरकारले आगलागीको कारण पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन गरेको छ। घटनाको प्रारम्भिक विवरण अनुसार आगो कार्गो क्षेत्रमा मात्रै सीमित रह्यो।
Facebook Comments Box

