बिमल घर्ती मगरको शल्यक्रिया २५ फागुनमा
राष्ट्रिय टीमका स्ट्राइकर बिमल घर्ती मगरको २५ फागुनमा शल्यक्रिया हुने भएको छ । बिमलको कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा शल्यक्रियाको मिति तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।
अध्यक्ष शेर्पाका अनुसार नोवेल कोरोना भाइरस (कोभिड-१९) र अन्य विरामीको चापका कारण बिमलको शल्यक्रियामा ढिलाई भएको हो ।
राष्ट्रिम टीमको क्लोज क्याम्पमा प्रशिक्षण चलिरहेका बेला १८ डिसेम्बरमा बिमलको घुँडामा गम्भिर खालको चोट लागेको थियो ।
Facebook Comments Box