काठमाडौँ उपत्यकामा ७९५ जना सहित देशभर थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३० साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७९५ जना सहित देशभर थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ६६७ आरटी पीसीआर तथा ४ हजार ९०६ एन्टीजेन परिक्षण सहित १३ हजार ५७३ जनाको परिक्षण गर्दा २ हजार ६२४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार १०९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३२० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार २५९ रहेको छ ।

