काठमाडौँ उपत्यकामा ४२८ जना सहित देशभर थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२८ जना सहित देशभर थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ८५८ आरटी पीसीआर तथा ३ हजार २०८ एन्टीजेन परिक्षण सहित १० हजार ६६ जनाको परिक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार २१२ रहेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार १६४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ रहेको छ

Facebook Comments Box