नवनियुक्त महान्यायाधिवक्ताद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौँ, १ साउन – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथग्रहण गराउनुभएको हो । यसअघि, महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो ।

गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गरिन थालिएको छ । सोहीअनुसार महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा भएको हो ।

सरकारको कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । महान्यायाधिवक्तामा खातीलाई बिहीबार राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो ।

Facebook Comments Box