युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज इंग्ल्यान्ड र डेनमार्क बीच हुदै

युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा हुदै छ। वेम्बली स्टेडियममा नोपली समय अनुसार राती पौने १ बजे हुने दोस्रो सेमिफाइनखेलमा इंग्ल्यान्ड र डेनमार्क ले प्रतिस्पर्धा गर्ने छन् । आज इंग्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टोली बीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

यो खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ । इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
यस्तै राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले भने प्रि- टरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुईटिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

Facebook Comments Box