टोकियो ओलम्पिकमा चार महिला र एक पुरुष सहित पाँच खेलाडी सहभागी हुँदै
काठमाडौँ, २३ असार – जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्नु हुनेछ ।
नेपालको अनुरोधमा आ–आफ्नो खेलविधामा पुु¥याउनुभएको योगदानका आधारमा उहाँहरू पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा पर्नुभएको हो । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी हुनुहुन्छ ।
Facebook Comments Box

