विराटनगर महानगरपालिकाले पुस २९ गतेबाट सबै विद्यालय बन्द गर्न निर्देशन

विराटनगर, २८ पुस – कोरोनाको संक्रमणको दर तीव्र रुपमा बढेसँगै विराटनगर महानगरपालिकाले पुस २९ गतेबाट सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो । विद्यालयको वर्षे र हिउँदे बिदामा कटौती हुने गरी विद्यालयमा बिदा दिन सूचना जारी गरिएको छ ।

यद्यपि महानगरले हाल परीक्षा सञ्चालन भइरहेका विद्यालयको हकमा भने शुक्रबारसम्म स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको छ । संघीय सरकारले पुस २६ गतेबाट विद्यालय बन्द गर्न निर्देशन दिए पनि विराटनगरका विद्यालय सञ्चालन भइरहेका थिए ।

Facebook Comments Box