गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन

काठमाडौँ, १७ असार – गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१।१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो ।

समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लीलामणि पौड्याल (नेपाल) रहनुभएको छ । त्यस्तै सदस्यमा सङ्घका संरक्षक रामप्रताप थापा (जर्मनी), डा गणेश गुरुङ (नेपाल), डा देवकाजी डङ्गोल (कतार), चिरञ्जीवी ढकाल (बेलायत), डा विष्णुमाया परियार९अमेरिका० तथा सदस्य सचिवमा भूषण घिमिरे (जापान) रहनुभएको सङ्घको सचिवालयले जनाएको छ ।

Facebook Comments Box