काठमाडौँ उपत्यकामा ४५८ जना सहित देशभर थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४५८ जना सहित देशभर थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २५९ आरटी पीसीआर तथा ४ हजार ४८९ एन्टीजेन परिक्षण सहित ११ हजार ७४८ जनाको परिक्षण गर्दा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ८५७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ७१ रहेको छ

Facebook Comments Box