दशौँ राष्ट्रिय खेलकुद : पदक तालिकामा बागमती प्रदेशको अग्रता

कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो भएको छ। हालसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य पदकको टुंगो लागेको हो। पदक तालिकामा ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल १९ पदक जितेको बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।

त्यस्तै, एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्यसहित ९ पदक जितेको छ। नेपाल पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कास्य तथा नेपाल आर्मीले २ स्वर्ण, ८ रजत र ८ कास्यसहित समान १८ पदक हात पारेका छन्। सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजतसहित ३ पदक जित्दा कोशी प्रदेशले १ स्वर्ण पदक प्राप्त गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भए पनि केही खेलका प्रतिस्पर्धा भने यसअघि नै सुरु भइसकेका छन्।

Facebook Comments Box