आज तराईका केही स्थानमा हुस्सु र तुवाँलो, पहाडी क्षेत्रमा आंशिक बदली
काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका धेरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। आज राति कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। त्यस्तै, शुक्रबार कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

