एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाको तयारी मुख्य एजेन्डा
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा एमालेले स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्ने तयारी छ । यस्तै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा बनाउने कार्यक्रम रहेको आचार्यले जानकारी दिनुभएको छ ।
Facebook Comments Box

