धनुषामा छठघाटमा कुरेर बसेका वृद्ध मृत फेला, मृत्यु शङ्कास्पद
जनकपुरधाम । धनुषामा छठ पर्वका लागि घाटमा पूजा सामग्री कुरेर बसेका एक वृद्ध शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् । शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादव गएराति मतौना गाउँपूर्वस्थित शिव मन्दिरको प्राङ्गणमा रहेको छठघाटमा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार यादव राति एक्लै छठघाटमा पूजा सामग्री कुरेर बस्नुभएको थियो । उहाँको गालामा चोट र रगत देखिएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यको वास्तविक कारण खुल्न बाँकी रहेको छ ।
Facebook Comments Box

