तनहुँमा दुई हजार ५४८ किशोरीलाई एचपीभी खोप
तनहुँ । तनहुँमा पाठेघरको मुखको क्यान्सरविरुद्ध दुई हजार ५४८ किशोरीलाई एचपीभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १० पालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ का दुई हजार ५४२ जना र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका छ जना किशोरीलाई खोप लगाइएको हो।
खोप अभियानअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहका २५४ विद्यालयमा खोप केन्द्र तोकिएको थियो। खोप लगाउनेमा व्यास नगरपालिकाका ७३५, शुक्लागण्डकी नगरपालिकाका ४६९, ऋषिङ गाउँपालिकाका ११२, बन्दीपुर गाउँपालिकाका १८६ र भानु नगरपालिकाका २१६ जना किशोरी रहेका छन्। त्यस्तै, भिमाद नगरपालिकाका २३८, आँबुखैरेनी गाउँपालिकाका २२६, घिरिङ गाउँपालिकाका ९२, देवघाट गाउँपालिकाका २२९ र म्याग्दे गाउँपालिकाका १४५ जना किशोरीले एचपीभी खोप लगाएका छन्।
Facebook Comments Box

