तिनाउको बाढीले बुटवलमा दुई घर बगायो

बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवामा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुगेको छ । गएराति आएको बाढीले स्थानीय दुर्गा बानियाँ र उहाँका छिमेकीको घर बगाएको हो । बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा समेत आंशिक क्षति पुर्‍याएको छ ।

घर बाढीले बगाएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका वडा सदस्य युवराज रानाले जानकारी दिनुभयो । स्थानीय प्रशासनले यसअघि नै नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । गएरातिसम्म वर्षा भए पनि आज बिहानदेखि बुटवलमा वर्षा रोकिएको छ ।

Facebook Comments Box