कालीगण्डकी नदीको बाढीले स्याङ्जा–गुल्मी जोड्ने पुल बगायो

पोखरा । अविरल वर्षापछि कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ्दा स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने उक्त पुल राति नदीको बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुल बगेको खबर पाएपछि घटनास्थलतर्फ टोली पठाइएको छ । ‘पुल बगाएको भन्ने खबर आएको छ । हामी त्यहाँ जाँदैछौँ,’ उहाँले भन्नुभयो । उक्त पुल कालीगण्डकी जलविद्युत् आयोजनाको नजिकै रहेको बताइएको छ । घटनाबाट भएको अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

Facebook Comments Box