सप्तरीबाट १४ सय किलो गाँजासहित एक जना पक्राउ
सप्तरी । सप्तरीबाट प्रहरीले १४ सय किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँस्थित भोला सदाको घरमा गएराति करिब पौने १ बजे खानतलासी गर्दा ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १४ सय किलोग्राम गाँजा बरामद गरिएको हो ।
घरमा ठूलो परिमाणमा गाँजा लुकाइराखेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले खानतलासी गरेको थियो । गाँजासहित पक्राउ परेका सदालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको प्रहरीले जनाएको छ । सीमावर्ती गाउँ भएकाले बरामद गाँजा भारततर्फ निकासी गर्न लागिएको हुनसक्ने प्रहरीको आशंका छ ।
Facebook Comments Box

