जाजरकोटमा बाढीले चार घर र झोलुङ्गे पुल बगायो
जाजरकोट, २९ साउन – जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ । ताक्सुगाड खोलामा आएको बाढीले स्थानीयका चार वटा घर र एक झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि खोलामा आएको ठूलो बाढीले भौतिक संरचनामा क्षति पुर्याएको हो । बाढीका कारण भेरी करिडोर सडकखण्डसमेत जोखिममा परेको छ । वर्षा निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने स्थानीयले बताएका छन् ।
Facebook Comments Box

