पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोल ३ र डिजेल ५ रुपैयाँ महँगियो

काठमाडौँ, साउन १७ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको छ।

मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको खुद्रा मूल्य प्रतिलिटर २ सय रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङमा प्रतिलिटर १ सय ९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। नेपाल आयल निगमले एलपी ग्यासको मूल्य भने यथावत् राखिएको जनाएको छ।

Facebook Comments Box