आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १३ साउन  – सङ्घीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ। आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा संसदीय सुनुवाइ समितिको बैठक तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की विरुद्ध परेका उजुरीबारे छलफल हुनेछ।

समितिले उजुरीकर्तासँग छलफल गर्नुका साथै प्रस्तावित कार्कीलाई पनि समितिसमक्ष उपस्थित गराएर सुनुवाइ गर्ने कार्यसूची रहेको छ। समितिको बैठक बिहान ११:१५ बजे बस्नेछ। यसअघि मंगलबार समितिले निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्लेडा. राजीव सुब्बा सँग संसदीय सुनुवाइ सम्पन्न गरेको थियो। यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजे बस्नेछ। बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ।

Facebook Comments Box