काठमाडौंमा ठूलो परिमाणको लागुऔषध बरामद, तीन जना पक्राउ
काठमाडौं, १३ साउन – सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बाराको कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्दै आएका २४ वर्षीय दिपक राई रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भारतबाट ल्याएर नेपालमा लागुऔषध बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ‘डामाडोल’ नामको लागुऔषधका १ लाख २० हजार क्याप्सुल, बीएसी ७०१७ नम्बरको टाटा कम्पनीको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरिएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको

