झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा, १२ साउन – झापाको मेचीनगर–६ काँकडभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । प्रहरीका अनुसार सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा मृत अवस्थामा भेटिएकी हुन् । उनका आफ्ना श्रीमान् रतन गुप्तासँग सोही कोठामा बस्दै आउएकी थिइन । दुवै जना गत वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

विद्यालयका प्रधानाध्यापकका अनुसार विद्यालय सञ्चालन भएपछि दुवै शिक्षक सम्पर्कविहीन देखिएपछि खोजी गरिएको थियो । साँझ श्रीमान् रतन गुप्ताले सामाजिक सञ्जालमार्फत सन्देश पठाउँदै श्रीमतीलाई कोठाभित्र झुन्डिएको अवस्थामा फेला पारेको, अर्को कोठामा सारेको र आफू डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गरेका थिए ।

स्थानीयका अनुसार गुप्ता आइतबार साँझ विद्यालयबाट बाहिरिँदै गरेको देखिएका थिए । त्यसयता उनी सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले घटनाको कारण खुलिनसकेको जनाएको छ । शव परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको र सम्पर्कविहीन रहेका श्रीमान्को खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box