डडेल्धुरामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा, २ साउन – डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप शुक्रबार बिहान अमरगढी नगरपालिका–७ खसरेखान क्षेत्रमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र २० वर्षीय हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो। प्रहरीका अनुसार जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

Facebook Comments Box