भारतका गृहमन्त्री अमित शाहसँग रास्वपा सभापति रवि लामिछानेको भेट
काठमाडौं, २० जेठ — भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाह बीच मंगलबार नयाँदिल्लीमा भेटवार्ता भएको छ। रास्वपाले जारी गरेको जानकारीअनुसार भेटका क्रममा शाहले लामिछानेलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिँदै नयाँ सरकारको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। दुवै नेताबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।
भेटका क्रममा सभापति लामिछानेले शाहलाई अष्टचिरञ्जीवीलगायत नेपाली सांस्कृतिक महत्वका विभिन्न उपहार प्रदान गरेका थिए। रास्वपाका अनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार नयाँदिल्ली पुगेका लामिछानेले उच्चस्तरीय राजनीतिक भेटघाट सुरु गरेका हुन्। यसअघि उनले भाजपाका अध्यक्ष नितिन नवीन तथा भारतका विदेशमन्त्री एस. जयशंकर सँग पनि भेटवार्ता गरेका थिए।
जेठ २२ गतेसम्म रहने भ्रमणका क्रममा लामिछानेले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नुका साथै अयोध्या भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणका लागि नयाँदिल्लीस्थित नेपालको राजदूतावास, नयाँदिल्ली ले समन्वय गरेको जनाइएको छ। सभापति लामिछानेको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी रहेका छ

