राष्ट्रपतिबाट निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण
काठमाडौं, १८ जेठ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरिएको हो। विधेयक प्रमाणीकरणसँगै प्रतिनिधिसभा निर्वाचन र मतदाता नामावली व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थामा प्रस्तावित संशोधन कार्यान्वयनको बाटो खुलेको छ।
Facebook Comments Box

