सत्यमोहन जोशीको अवस्था अत्यन्त गम्भीर

काठमाडौँ, ३० असोज – शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था अत्यन्त गम्भीर रहेको छ । उपचाररत अस्पताल किष्ट अस्पतालले अवस्था अत्यन्त गम्भीर रहेको भन्दै आवश्यक उपचार प्रक्रिया जारी रहेको जनाएको छ ।

सञ्चारमाध्यममा विभिन्न समाचार आएपनि अस्पतालले उपचार जारी राखेको अस्पतालका अधिकारी अमिस पाठकले जानकारी दिए । डेंगु संक्रमणका साथै विभिन्न स्वास्थ्य समस्याका कारण जोशीको किष्टमा उपचार हुँदै आएको छ ।

Facebook Comments Box