भर्‍याङडाँडामा ट्रक पल्टिँदा कान्तिलोकपथ अवरुद्ध

मकवानपुर,  ८ जेठ – भर्‍याङडाँडा मा डिब्बा ट्रक पल्टिँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान करिब ५ बजे हेटौँडाबाट काठमाडौंतर्फ डाइपर लोड लिएर जाँदै गरेको ना. ६ ख ७२८ नम्बरको ६ चक्के डिब्बा ट्रक सडकमा थुप्रिएको ढुंगामा चक्का चढेपछि अनियन्त्रित भई पल्टिएको हो ।

सडकको वारपार गरी ट्रक पल्टिएकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयासका लागि सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ । ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएका छन् । उनीहरूले आफैँ उपचार गराउने भन्दै घटनास्थल छाडेको प्रहरीले जनाएको छ ।

ट्रक चालक भने फरार रहेका छन् । उनी हालसम्म प्रहरीको सम्पर्कमा नआएको जनाइएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगन बाट करिब पाँच किलोमिटर उत्तर–पूर्वमा पर्ने प्रहरीले जनाएको छ ।

Facebook Comments Box