देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,  २८ वैशाख – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिकको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ। साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको पनि प्रभाव देखिएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत बागमती प्रदेशगण्डकी प्रदेश का पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै लुम्बिनी प्रदेश को हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। ती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box