हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा सुदन किराती वरिष्ठ नेता

काठमाडौँ, २५ वैशाख  – सुदन किराती ले श्रम संस्कृति पार्टी मा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन्। किराती पक्षका एक नेताका अनुसार पार्टी एकतापछि किराती समूहले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यसमेत पाउने सहमति भएको छ।

हर्क साम्पाङ र पूर्वमाओवादी नेता सुदन किरातीबीच बिहीबार राति ललितपुर मा यससम्बन्धी सहमति भएको बताइएको छ। दुवै नेताले आज काठमाडौँको बागबजार स्थित हार्दिक होटलमा आयोजित कार्यक्रममार्फत पार्टी एकताको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ।

भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन्। उनी पूर्वपर्यटनमन्त्रीसमेत रहिसकेका छन्। जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’माधवकुमार नेपाल लगायत नेताहरूको पार्टी एकतापछि बनेको नयाँ राजनीतिक समीकरणप्रति असहमति जनाउँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी मा आबद्ध भएका थिए।

पूर्वउपमहासचिव जनार्दन शर्मा को पहलमा गठन गरिएको उक्त पार्टीमा किराती पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्य थिए। तर, २१ फागुनको निर्वाचनपछि उनले पार्टी परित्यागको घोषणा गरेका थिए।

Facebook Comments Box