पश्चिमबाट पूर्वतिर सर्दै वर्षा प्रणाली, देशभर सतर्कता अपनाउन आग्रह

काठमाडौं, २१ वैशाख । जल तथा मौसम विज्ञान विभाग ले मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेश बाट क्रमशः पूर्वतर्फ सर्दै गएको जनाएको छ । विभागका अनुसार हाल सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा मध्यम खालको वर्षा भइरहेको छ र सो प्रणाली उत्तर–पूर्व दिशातर्फ सरिरहेकाले थप वर्षा हुने सम्भावना छ ।

यसले चट्याङ र हावाहुरीबाट क्षति पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । विपद्विज्ञ डा. धर्मराज उप्रेती का अनुसार भारतका पञ्जाब, हरियाणा, हिमाञ्चल प्रदेशउत्तराखण्ड हुँदै आएको बादलले सुदूरपश्चिम र आसपासका क्षेत्रमा वर्षा गराइरहेको छ । यसको प्रभाव अहिले लुम्बिनी प्रदेश तर्फ सर्दै गएको छ ।

मौसम पूर्वानुमान अनुसार:

  • सुदूरपश्चिम र कर्णाली प्रदेश का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
  • देशभर दिनभर बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा
  • आज राति पनि गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा, हावाहुरी र असिना पर्ने सम्भावना

मौसमविद् डेभिड ढकाल का अनुसार यो साताभर देशका विभिन्न भागमा चट्याङसहित पानी पर्ने क्रम जारी रहनेछ । मंगलबारसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेश का धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

विभागले  चट्याङ र हावाहुरीका बेला खुला ठाउँमा नबस्न, कमजोर संरचना, रुख र बिजुलीका तारबाट टाढा रहन, यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र निस्कन विभागले विशेषगरी पहाडी र हिमाली भेगमा सतर्कता बढाउन आग्रह गरेको छ ।

Facebook Comments Box