काठमाडौँ उपत्यकामा ४१३ जना सहित देशभर थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १७ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४१३ जना सहित देशभर थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार १३० आरटी पीसीआर तथा ३ हजार ८५५ एन्टीजेन परिक्षण सहित १० हजार ९८५ जनाको परिक्षण गर्दा २ हजार ७६० जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ५०९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ४ हजार १७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख १४९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार १४५ रहेको छ

Facebook Comments Box