तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

चितवन, १६ वैशाख – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ । आज बिहान करिब ५ः४५ बजे पहिरो खसेपछि उक्त सडकखण्डमा अहिले एकतर्फी रूपमा मात्र सवारी आवागमन भइरहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिन का प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार सडक सफा गर्न डिभिजन सडक कार्यालय भरतपुर सँग डोजर मगाइएको छ । पहिरो खसेको स्थान मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ । सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सफाइ कार्य जारी रहेको प्रहरीले जनाएको छ । यात्रा गर्नेहरूलाई सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

Facebook Comments Box