खाना पकाउने ग्यास महँगियो, पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ, १७ वैशाख – नेपाल आयल निगम ले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
नयाँ दरअनुसार:
- पूरा सिलिण्डर ग्यास: २,१६० रुपैयाँ (पहिले २,०१० रुपैयाँ)
- आधा सिलिण्डर ग्यास: १,०८० रुपैयाँ (पहिले १,००५ रुपैयाँ)
यससँगै ग्यासमा उल्लेखनीय मूल्यवृद्धि भएको छ।
यद्यपि, निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य भने घटाएको जनाएको छ। नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै आज राति १२ बजेदेखि लागू हुने जनाएको छ।
Facebook Comments Box

