चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १५ वैशाख  – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार सो दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम स्तरको वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

उहाँका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। महाशाखाले बुधबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम स्तरको वर्षा वा हिमपात हुने जनाएको छ। यस्तै, कोशी र मधेस प्रदेशका एक–दुई स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box